नेपालबाट चोरी भएको मुर्ति अमेरिकाले फिर्ता गर्‍यो | Khabarhub Khabarhub

नेपालबाट चोरी भएको मुर्ति अमेरिकाले फिर्ता गर्‍यो


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएको मुर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ ।

ललितपुरको पाटनबाट हराएको लक्ष्मी-नारायणको मूर्ति राजदूत डा. युवराज खतिवडालाई हस्तानान्तरण गरिएको छ ।

शुक्रबार अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमकाबीच अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबिआई) का टिमोथी एन ड्युनह्यामले मुर्ति नेपाललाई हस्तान्तरण गरेका हुन्।

अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी-नारायणको मूर्ति फेला परेको थियो।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो। म्युजियमले मूर्ति गत नोभेम्बर ३० मा एफबीआईलाई हस्तान्तरण गरेको थियो।

लक्ष्मी-नारायणको काँस्य मूर्ति (जसलाई वासुदेव-कमलाजासमेत भनिन्छ) १२औँ र १५औँ शताब्दीबीचको पुरातात्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो। नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।

हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो।

एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले इमेज सर्च (तस्वीर खोजी) का माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पारेका थिए। त्यसकै प्रतिफलस्वरूप उक्त मूर्ति पत्ता लागी फिर्ताको चरणसम्म पुगेको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : ४८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट