कर्मचारी अभावले सेवा प्रवाहमा समस्या « Khabarhub

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्लास्थित मालपोत कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

बेंसीशहर नगरपालिका वडा नं ८ फूलबारी चोकमा रहेको कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी अभाव रहेको लामो समय भइसकेको जनाइएको छ । ।

कार्यालयमा दरबन्दीअनुसार १९ कर्मचारी हुनुपर्ने भए पनि हाल सात जना मात्रै दरबन्दीअनुसार कर्मचारी रहेको कार्यालयका मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दरबन्दीअनुसार प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, नायब सुब्बा (नासु) तीन , खरिदार ११ , लेखापाल एक, कम्प्युटर अपरेटर एक हुनुपर्ने थियो । यीमध्ये मालपोत अधिकृत श्रेष्ठ, नासु रेशमबहादुर रिमाल, पूर्णबहादुर गुरुङ, खरिदार रुद्धप्रसाद गुरुङ, सिर्जना घिमिरे, ज्ञानराज कँडेल, लेखापालमा जनकराज पौडेल मात्र छन् ।

कर्मचारी नभएपछि दुई सहायक कम्युटर अधिकृत अस्थायीमा राखिएको छ भने पाँच कार्यालय सहयोग करारमा राखेको कार्यालयले जनाएको छ ।

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती, अनलाइन प्रणालीको काम प्रभावित, जग्गा नामसारी गर्नेलगायतका काम गर्न कठिन भइरहेको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ । सामान्य काम एक दिनमै हुने भए पनि अन्य काम भने धेरै समय लाग्ने गरेको छ ।

एक दिनमै हुने जग्गानाम सारी दिन चार दिनसम्म काम सम्पन्न हुन लाग्ने गरेको छ । काम ढिलासुस्ती हुँदा सेवाग्राहीको गुनासा नै गुनासा आउने गरेको यहाँका कर्मचारीको भनाइ छ ।

कर्मचारी अभावले काममा ढिलाइ हुँदा बढी सेवाग्राही भीडभाड हुने र कर्मचारीलाई बढी कामको चाप हुने गरेको छ । दिनहुँ दिन काम थपिँदै जाँदा पहिला पुराना काम गर्ने भएकाले पनि सोही दिनको काम सोही दिनमा नहुने गरेको कार्यालयले जनाएको छ । यहाँ विषेश गरी खरिदारको कमीले बढी समस्या उत्पन्न भइरहेको कार्यालयले जनाएको छ ।

कर्मचारी अभाव भए पनि सक्दो काम भने गर्दै आइरहे पनि समस्या भने धेरै भइरहेको उनको भनाइ छ । कार्यालयमा जग्गा नामसारीलगायतका काम दुई/चार दिन लाग्दा जिल्लाका विगत गाउँगाउँबाट आएका सेवाग्राही होटलमा बस्नुपर्दा र बढी खर्च हुने गर्दा बढी मर्कामा पर्दै आएका छन् ।

कार्यालयबाट सेवाग्राहीले सहज र छिटोछरितोरुपमा सेवा पाउनबाट बञ्चित हुँदै आउँदा निकै दुःख पाएको महसुस हुने गरेको उनीहरुको भनाइ छ । कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको जनाउँदै सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि समस्या जस्ताको त्यस्तै रहेको मालपोत अधिकृत श्रेष्ठले दुखेसो गरे ।

उनले भने, “सम्बन्धित निकायले कर्मचारी उपलब्ध नगराउँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, सेवाग्राहीको नजरमा कर्मचारीले काम नगर्दाको जस्तो पर्न जाँदा हामीलाई अपजस मात्र हुने गरेको छ ।”

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ३ : ०९ बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको