आफूहरूसँग हतियार नभएको विप्लव समूहको दावी « Khabarhub

आफूहरूसँग हतियार नभएको विप्लव समूहको दावी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरूसँग हतियार नभएको दावी गरेको छ ।

शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफूहरूसँग हतियार नभएको दाबी गरेका हुन् ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा हिंसाको बाटोमा नलागेकाले हतियारका बारेमा चर्चा गर्न आवश्यक नै नरहेको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी सशस्त्र द्वन्द्वबाट नभएर एकीकृत जनवादी क्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गर्न लागेको दावी गरे ।

उनले सरकारसँग नेपाललाई कसरी समृद्ध बनाउने भन्नेबारे छलफल भइरहेको समेत बताए ।

यसअघि विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध सरकारले फुकुवा गरेको थियो ।

बिहीबार सरकारी टोली र विप्लव समूहबीच भएको वार्तापछि तीन बुँदे सहमित गर्दै सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने निर्णय हो। शुक्रबार काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गरेका थिए ।

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनुलाई सबै राजनीतिक दलले स्वागत गरेका छन् । तर, प्रक्रिया नपुर्‍याई सहमति गरिएको र हतियारबारे कुनै निर्णय नगरेको भन्दै आलोचना पनि गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय