योगेश भट्टराईको प्रश्न: विप्लव समूहका हतियार र सेना के हुन्छन् ? « Khabarhub

योगेश भट्टराईको प्रश्न: विप्लव समूहका हतियार र सेना के हुन्छन् ?


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा प्रश्न उठाएका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगो नलगाइएको उल्लेख गर्दै नेता भट्टराईले त्यस विषयमा चिन्ता व्यक्त गरेका हुन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले ०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिएपछि सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताए । तर, यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन् ? विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ।

यस्तै, उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा सरकारले प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन नगरेको भन्दै आलोचना गरेका छन् ।

भट्टराईले भने ‘सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीतिक शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागत योग्य छ । तर, एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पारदर्शी हुनपर्छ र प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन गर्नुपर्छ ।’

उनले यस्तो महत्वपूर्ण मुद्दामा प्रधानमन्त्रीले, नेपाल सरकारले एकदिन पनि सर्वपक्ष, सर्वदलीय बैठक राखेर छलफल नगरेको बताए ।

‘राजनीतिक दलहरूबाट सहमति गरेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्थ्यो’, उनले भने, ‘यस्ता कामहरू किन हुँदैछ र के उद्देश्यले हुँदैछ भन्ने कुरा आम जनतालाई सार्वजनिक ढंगले जानकारी दिनुपर्थ्यो तर यस्ता केही मापदण्डहरु सरकारले पालना गरेको छैन।’

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : २९ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी