गाँजासहित तीन पक्राउ « Khabarhub

गाँजासहित तीन पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवैध लागुऔषध गाँजा कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने तीनै जना उदयपुर सदरमुकाम गाईघाट बजारमा सब्जी व्यापार गर्दै आएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजासहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ गाईघाटका २५ वर्षीया प्रमिला सहनी, सिरहाको लाहान नगरपालिका घर भई गाईघाटमा बस्दै आएका ५५ वर्षीय राजकुमार सहनी रगाइघाट बजार बस्ने २० वर्षीय लक्ष्मण सहनी रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए ।

गाँजा कारोवार गर्ने गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई तीन किलोभन्दा बढी गाँजासहित पक्राउ गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : ३१ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी