वैधानिक नेकपा हामी नै हौँ : प्रचण्ड « Khabarhub

वैधानिक नेकपा हामी नै हौँ : प्रचण्ड


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उनले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको बताए ।

शान्तिपूर्ण बाटोमा नेत्रविक्रम चन्द समूह पनि आएकामा प्रशन्नता व्यक्त गर्दै उनले भने, “मैले धेरै पहिल्यै भनेको थिएँ, उहाँहरू (चन्द समूह) शान्तिपूर्ण बाटोमा आउनुहुनेछ । उहाँहरू आउनुभएको छ । म उहाँहरूलाई यही पार्टीमा स्वागत गर्न आतुर छु ।”

पछिल्लोपटक प्रतिनिधिसभाको विघटनपछि देशभर आएको जनताको उभार, प्रतिगमनविरुद्ध जनताले देखाएको समर्थन तथा जनसभाले पनि आफूहरू नै वैधानिक र आधिकारिक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालले खारेज गरेपछि नेपाली जनता विजयी भएको र त्यसले नयाँ आयाम थपेको स्पष्ट पारे ।

पार्टीमा जोडिन आएका युवालाई उचित जिम्मेवारी दिने उल्लेख गर्दै उनले समाजवादी आन्दोलन अगाडि बढाउन ज्ञान र सीपले युक्त शक्ति नै जरुरी रहेको धारणा राखे ।

“कम्युनिष्ट आन्दोलन वैज्ञानिक आन्दोलन हो र यसले विज्ञानसम्मत दृष्टिकोण र मान्यता राख्ने भएकाले गलत चिन्तनविरुद्ध सङ्घर्ष निरन्तर चल्छ”, उनले भने, “चन्द समूहबाट नेकपामा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिलाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको बताए ।

उनले पार्टीको नाम र चुनाव चिह्नको सङ्घर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने भएकाले त्यसमा कोही कसैले पनि कर्के नजर लगाउन जरुरी नभएको उल्लेख गरे ।

चन्द समूह राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले उनीहरूलाई स्वागत गर्न आतुर रहेको बताए ।

आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरे । कार्यक्रममा चन्द समूहका नेता अधिकारीको नेतृत्वमा २५० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ०१ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी