सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ « Khabarhub

सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनीहरु चढेको स.७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : १६ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी