सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनीहरु चढेको स.७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : १६ बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो