आलियाको ‘गंगुबाई काठियावाडी’विरुद्ध आन्दोलन « Khabarhub

आलियाको ‘गंगुबाई काठियावाडी’विरुद्ध आन्दोलन


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीलाई ‘विवाद’ शब्द कति प्रिय लाग्छ भन्ने कुरा उनको पृष्ठभूमिबाटै थाहा हुन्छ । उनले आफ्नो करियरमा धेरै गम्भीर समस्या भोगे ।

उनले सुटिङ गरिरहेका फिल्म हुन् या रिलिजको तयारीमा रहेका फिल्म हुन्, अधिकांश फिल्म विवादमुक्त हुन सकेनन् । विगतमा केही निश्चित समूहले उनको फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ प्रति आपत्ति जनाए ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार सञ्जय अहिले यस्तै अर्को विवादमा तानिएका छन् । उनको फिल्म ‘गंगुबाई काठियावाडी’लाई लिएर कमथीपुराका बासिन्दाहरु आन्दोलित भएका छन् ।

यो फिल्ममा आलिया भट्ट प्रमुख भूमिकामा छिन् । कोठी सञ्चालिका गंगुबाईको कथामा आधारित फिल्मले आफ्नो क्षेत्रलाई मुम्बईको प्रख्यात रेडलाइट एरियाका रुपमा चित्रण गरेको भन्दै कमथीपुराका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुले फिल्ममा देखाइएको दृश्यले आफ्नो क्षेत्रलाई ‘लज्जित’ बनाएको दाबी गरेका छन् ।

‘आलिया भट्टको अभिनय रहेको र सञ्जय लीला भन्सालीले निर्देशन गरेको फिल्म ‘गंगुबाई काठियावाडी’ले दुई सय वर्षको इतिहास बोकेको कमथीपुरालाई दुरुपयोग गरेको छ । यो स्थानलाई मुम्बईको रेडलाइट एरियाको रुपमा देखाउनु आफैंमा लज्जास्पद विषय हो’, कमथीपुराका बासिन्दाद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा निकै लामो प्रयासपछि स्थानीयले कमथीपुराको बेग्लै पहिचान बनाएको स्मरण गर्दै सञ्जयको फिल्मले त्यो पहिचानमाथि बज्रपात गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार कमथीपुराका बासिन्दाहरु अहिले शान्त अवस्थामा छैनन् । उनीहरुले फिल्मको रिलिजविरुद्ध चाँडै नै आन्दोलनको तयारी गरिरहेका छन् । यसका लागि उनीहरुले विभिन्न व्यक्तिलाई भेटेर यो विषयमा उजुरी नै गरेका छन् ।

केही साता अघि मात्र भन्सालीको जन्मदिनमा फिल्मको टिजर रिलिज गरिएको थियो । फिल्मको टिजरमा आलियाले बोलेको संवाद निकै लोकप्रिय बनेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ०० बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ