एमाले र माओवादी केन्द्र व्यूँतिएपछि आज पहिलो पटक वाग्मती प्रदेशसभा बैठक | Khabarhub Khabarhub

एमाले र माओवादी केन्द्र व्यूँतिएपछि आज पहिलो पटक वाग्मती प्रदेशसभा बैठक


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  साविकका एमाले र माओवादी केन्द्र व्यूँतिएपछि वाग्मती प्रदेशसभाको बैठक आज पहिलो पटक बस्दैछ ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले दुई दल व्यूँतिएपछि आज पहिलो पटक वाग्मती प्रदेसभा बैठक बस्न लागेको हो ।

आज दिउँसो १ बजे डाकिएको छ । बैठकमा सत्तारुढ दल नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक कक्षको पहिलो लहरमा सत्तारुढ दल एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने गरि कुर्सी व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेताको रुपमा शालिकराम जम्मकट्टेल, उपनेतामा प्रदेशसभाका सदस्य कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ नियुक्ति भएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको पनि सो सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई आएको कार्यसूचीहरू बैठकमा प्रस्तुत हुने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।

गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई सोही दिनको अपराह्नदेखि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : ०५ बजे

इलाम २ मा सुहाङ नेम्बाङ अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ