सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ | Khabarhub Khabarhub

सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।

हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा सुरक्षा चौकीसँग सम्पर्क गर्न कठिन भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीले बताए । वल्र्डलिङ्कको इन्टरनेट सेवाले सम्पर्क गर्न केही सहज भए पनि हाल सो सेवा बिग्रिएपछि यतिखेर सम्पर्क गर्न कठिन भएको उनले बताए ।

त्यतिमात्रै नभई सो ठाउँको अर्को टेलिकमको भिस्याट टेलिफोनसमेत बिग्रिएको उपरीक्षक भण्डारीले बताए । चौकीका लागि स्थापना भएको भिस्याटबाट सिधै क्षेत्रीय र प्रधान कार्यालयमा मात्र सम्पर्क हुने र हिल्साको चौकीका बारेमा बुझ्न आफूले केन्द्रसँग सम्पर्क गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

उक्त सीमाक्षेत्रमा सोलारबाट सञ्चालन हुने भिस्याटमा घाम लागेको दिन मात्रै सम्पर्क हुने नत्र सम्पर्कविहीन हुने गरेको छ । यस वर्ष हिमपात कम भएका कारण चार हजार छ मिटर अग्लो नारालेक पार गरेर यारीमा आएपछि टेलिकमको सम्पर्कमा जोडिने गरेको छ ।

चौकीमा खटिएका सुरक्षाकर्मीले घरपरिवार र आफन्तसँग सम्पर्क गर्न सक्ने अवस्था अझै न्यून छ । दुई वर्ष अगाडि नै नारालेकमा टावर बन्ने गरी बोलपत्र गरेको भए पनि हालसम्म सो टावर बनेको छैन ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : ५५ बजे

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

काठमाडौं– देशका विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूले छलफल थालेका छन् ।

टौवास खोलाले बगाउँदा एक जनको मृत्यु

बागमती– मकवानपुरको भिमफेदी गाउँपालिका-१  स्थित टौवास खोलाले बगाउँदा एक जनाको