मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने « Khabarhub

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुनेछ ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सहआयोजनामा सो प्रतियोगिता हुने भएको हो । खेल क्षेत्रमा महिलालाई प्रोत्साहित गर्ने नगरपालिकाको उद्देश्यअनुसार महिला भलिबल प्रतियोगिताका लागि नगरले सहयोग गरेको नगरउपप्रमुख भगवती नेपालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टिमलाई रु एक लाख नगद पुरस्कारका साथ कप र मेडल प्रदान गरिने सहआयोजक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए । दोस्रोलाई रु ५० हजार र तेस्रो हुने दुई टिमलाई रु २५/२५ हजार पुरस्कार रहेको छ ।

सहभागी खेलाडीलाई आवास तथा खानाको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आशीष श्रेष्ठले जानकारी दिए । खेलाडीका लागि ड्रेस तथा खाजाको व्यवस्था भने सम्बन्धित पालिकाले गर्नुपर्ने पनि बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १ : ४० बजे

पत्रकार महासङ्घको स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

दमौली– नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

सुरुङ्गा– पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा

तोलामा २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ