ओखलढुंगामा चारजना सवार जिप भीरबाट खस्यो « Khabarhub

ओखलढुंगामा चारजना सवार जिप भीरबाट खस्यो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ ।

मंगलबार दिउसो गाउँपालिका ४ केत्तुकेबाट मानेभज्याङ गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो जिप धुसुनेको जंगलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित चारजना गम्भीर घाइते भएका छन् । उनीहरु चारैजना अचेत अवस्थामा छन् । धुसुने जंगलबाट करिब ७ सय मिटर तल भीरमा गएर गाडी अड्किएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मानिस डोरी बिना उद्धार गर्न नसक्ने गरी अड्किएकाले उद्धारमा ढिलाई भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

हालसम्म सवारी चालक भनिएका सिद्धिचरण नगरपालिका १० बेतिनीका २६ वर्षीय कमलबहादुर थापा र मानेभज्याङ गाउँपालिका ४ का ५ वर्षीय डोलकुमारी मगरलाई उद्धार गरेर अस्पताल ल्याईएको छ ।

उनीहरु दुबै जना अचेत अवस्थामा रहेको र अवस्थासमेत गम्भिर रहेकाले थप उपचारका लागी काठमाडौँ पठाउनुपर्ने देखिएको प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

जिपमा रहेका अन्य दुईजना मानेभज्याङ ४ की ७१ वर्षीय वीनामाया मगर र सोही स्थानका टुल्की माया आले मगरको उद्धार कार्य जारी छ ।

उनीहरु पनि अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसअघि तीनजना मृत्यु भएको खबर आएपछि अस्पतालले पुष्टि नगरेकाले अहिले भन्न नमिल्ने प्रहरी निरीक्षक कट्टेलले बताए । उक्त जिप समान लिएर मानेभज्याङ गएको बुझिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ०८ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका