कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ « Khabarhub

कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साइबर ब्युरोले कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय एक बालकलाई सोमबार पक्राउ गरेको छ ।

प्रहरीले दीपाश्री निरौला, सरोज खनाललगायतका कलाकारको फेसबुक ह्याक गरेको आरोपमा पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई पर्साबाटै पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि त्यही जाहेरीको आधारमा प्रहरीले ती बालकलाई पक्राउ गरेको बताए ।

उनका अनुसार प्रहरीले बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पर्साबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ५६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले