संक्रमण बढे पनि आतंकित हुनपर्ने अवस्था छैन : मन्त्री त्रिपाठी « Khabarhub

संक्रमण बढे पनि आतंकित हुनपर्ने अवस्था छैन : मन्त्री त्रिपाठी


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को संक्रमण बढे पनि आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को उद्घाटन गर्दै उनले छिमेकी मुलुकमा कोभिड–१९ को संक्रमण बढे पनि नेपालमा संक्रमण बढ्न नदिने बताए । उनले भारतमा संक्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि संक्रमणको जटिलता थपिएको बताए ।

उनले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर संक्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिए ।

मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने संक्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि शुरु गरिएको बताए । उनले सञ्चारमाध्यमलाई पनि संक्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।

“अहिले संक्रमणको कारणले आतंकित हुनुपर्ने अवस्था छैन”, उनले भने, “आतंकित हुनु भनेको संक्रमणलाई बढवा गर्नु हो । आतंकित नभई कोभिड–१९ को सावधानी र सतर्कता अपनाउनुपर्दछ ।”

मन्त्री त्रिपाठीले पुनः बन्दाबन्दीको अवस्थामा भने नजाने स्पष्ट पारे ।

“हामी फेरि मुलुक बन्दाबन्दीको अवस्थामा जाओस् भनेर चाहँदैनौँ”, उनले भने, “बन्दाबन्दीभन्दा अगाडि गर्नुपर्ने महत्वपूर्ण कदम सरकारले चाल्न गइरहेका छौँ ।”

उनले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ भोलिदेखि लगाउन शुरु गर्ने जानकारी दिए ।

भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ । सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको भन्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिए ।

सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेका चुनौती र कमजोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्य रहेको छ । सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड–१९ महामारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकनलगायत विषयमा बहस गरिने छ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : ४५ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ