आफूमाथि ‘बम प्रहार गर्ने’ लाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड « Khabarhub

आफूमाथि ‘बम प्रहार गर्ने’ लाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।

३२औँ जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मङ्गलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर, शायद मैले गल्ती गरेँ ।’

अहिले बादल गृहमन्त्री छन् । प्रचण्डले नाम नलिए पनि उनले बादलाई नै लक्षित गरेको अनुमान गरिएको छ ।

उनले पार्टीले अवसर पाउँदा सङ्गठनमा निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएर जीवनभर पार्टीका लागि संघर्ष गरेकालाई उपेक्षा गरेको भन्दै आत्मालोचना पनि गरे ।

प्रचण्डले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताए ।

उनले भने, ‘आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारीसाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।’
उनले आफूमाथि कुन दिन कहाँ बम प्रहार भएको थियो भन्ने केही बताएनन् ।

प्रचण्डले संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको र जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए ।

संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेको उनको भनाइ थियो । यी यावत षड्यन्त्रविरुद्ध आफूले जनताको साथ खोजेको बताए । उनले देशभित्र र बाहिरबाट भइरहेका अनेक षड्यन्त्रविरुद्धको लडाइँ जारी रहने पनि बताए ।

प्रचण्डले भने, ‘अबको यो लडाइँ प्रतिक्रियावादविरुद्ध हतियारबिनाको नयाँ युद्ध हो, यसमा सबै जनताको साथ अपरिहार्य छ ।’

तस्वीर- गंगा दाहालको फेसबुकबाट

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ६ : ४५ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार