जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप « Khabarhub

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ ।

उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो ।

जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरु देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरुलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ ।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम विरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई पनि जापानले अनुशरण गर्नेछ । राष्ट्रसंघीय प्रतिबन्धमा हातहतियारको व्यापारमाथि प्रतिबन्ध, उत्तर कोरियाली सम्पत्ति रोक्का, जनता–जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रतिबन्धहरु समावेश रहेका छन् ।

जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले उत्तर कोरियामाथिका प्रतिबन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिए । यसअघि घोषणा गरिएको प्रतिबन्धको म्याद आगामी अप्रिल १३ मा समाप्त हुँदैछ ।

उत्तर कोरियाले करिब एक वर्षको अवधिमा पहिलो पटक गत मार्च २५ मा दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । जापानले उक्त परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन भन्दै भर्त्सना गरेको थियो । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

सन् १९७० र १९८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गरेको उत्तर कोरियाले सन् २००२ मा स्वीकार गरेको थियो । उनीहरुलाई जापानी भाषा र संस्कृतिका विषयमा उत्तर कोरियाली गुप्तचरहरुलाई प्रशिक्षित तुल्याउन अपहरण गरिएको थियो । पछि पाँच जनालाई भने जापान फर्कन अनुमति दिइएको थियो । उत्तर कोरियाले बाँकीको मृत्यु भएको वा उत्तर कोरिया नै प्रवेश नगरेको दाबी गर्दै आएको छ ।

जापानले अरु पनि जापानी नागरिकलाई उत्तरले अपहरण गरेको हुनसक्ने विश्वास गर्दै आएको छ र तीमध्ये धेरैजसो जीवितै रहेको हुनसक्ने जापानको भनाई छ । अपहृत जापानी नागरिक र आणविक हतियार एवं क्षेप्यास्त्र विकासका कार्यले दुबै मुलुकबीचको सम्बन्ध चिसिएको छ । यी दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध समेत रहेको छैन ।

प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो प्रशासनले अपहृत जापानी नागरिकको विषयलाई उच्च प्राथमिकता दिइने बताउँदै आएका छन् ।

उनले उत्तर कोरियाली नेता किम जोङ अनसँग विनाशर्त वार्ता गर्न खुला रहेको बताएका छन् ।

जापानले उत्तर कोरियामाथि सन् २००६ मा सीमित प्रतिबन्धहरु लगाउन थालेको थियो । तर त्यसयता जापानले त्यस्तो प्रतिबन्धलाई थप विस्तार र व्यापक बनाउँदै लगेको छ ।(रासस–एपी)

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ०५ बजे

मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले गत

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा धनगढीमा सुरु (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीमा सुरु भएको

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा

सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण