कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन « Khabarhub

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दोस्रो चरणको कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले दोस्रो चरणको कोरोना महामारी नेपालमा भित्रन नदिन र रोकथामका लागि योजनाबद्ध रुपमा प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले सहज रुपमा आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् ।

त्यस्तै कोरोनाको दोश्रो चरणको महामारीलाई मध्यनजर गर्दै अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि निर्देशन दिइएको सभापति घर्तिले बताइन् ।

त्यस्तै कोरोना संक्रमण भएका र कोरोना संक्रमण नभएका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर प्रयोगमा ल्याउन पनि निर्देशन दिइएको उनले बताइन् ।

बैठकमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नागरिकलाई सहज रुपमा खोपको पहुचमा ल्याउनका लागि सरकारले अन्य देशसंग अनुमतिप्राप्त खोप भित्राइरहेको र यसलाई निरन्तरता दिने बताए ।

उनले कोरोनाको महामारीलाई रोक्न सिमा नाकामा स्वास्थ्य जाँचदेखि अन्य पूर्वाधारको कामका जोड दिएको धारणा राखे ।

त्यस्तै समिति सदस्यहरुले भने यसअघिको कोरोना महामारीबाट पाठ सिक्दै दोश्रो चरणको महामारी फैलनुअघि नै सबै तयारी सक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : २१ बजे

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी