ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा, यस्ता छन् विशेषता


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रममार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्रि आरम्भ गरेको छ।

ओपो वाट्च सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइन मातहत यो नयाँ उत्पादन हो।

नयाँ ओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमन गरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजन मोनिटरिङ फङ्सन पनि रहेको छ ।

ओपो ब्याण्डले सक्रिय गतिशील जीवनका लागि आवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फञ्शन्स पनि उपलब्ध गराउँछ।

डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१(ईञ्च फुल(कलर एमोलेड स्क्रिन जडान गरिएको छ। प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ब्याण्डको छनोट तथा प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दूई आकर्षक स्ट्रयाप डिजाइन उपलब्ध गरिएको छ।

निरन्तर एसपीओटू मोनिटरिङ

आजभोलि अधवैँशे तथा बृद्धाहरुमा निन्द्राको समस्या कुनै नौलो कुरा रहेन। यूवावर्ग माझ पनि तनाव तथा ब्यस्त कार्यतालिकालगायत कारणले गर्दा निन्द्रा सम्बन्धी समस्याहरु बढ्दै गइरहेको पाइन्छ।

ओपो ब्याण्ड हेल्थमोनिटरिङ फञ्शनले निन्द्रा सम्बन्धी समस्या पहिचान गर्ने कार्यमा सहयोग पुर्याउँछ। ब्याण्डले एक्यूरेट स्लिप मोनिटरिङ, हर्ट रेट मोनिटरिङ र कन्टिन्यूओस एसपीओटू मोनिटरिङ जस्ता फञ्शन सपोर्ट मार्फत प्रयोगकर्ताका समग्र निन्द्रा स्वास्थ्य रेकर्ड गर्नुका साथै विश्लेषण प्रदान गर्छ।

यसमा दिइएको अप्टिकल ब्लड अक्सिजन सेन्सरका कारण ब्याण्डले निरन्तर एसपीओटू मोनिटरिङ गर्ने क्षमता राख्छ। यसको माध्यमबाट ओपो ब्याण्डले प्रयोगकर्ता सुतिरहेको अवस्थामा पनि निरन्तररुपमा ब्लड अक्सिजन स्याचुरेशन पर सेकेण्ड मोनिटर गर्छ।

यसले ८ घण्टाको स्लिप साइकलका दौरानलगातार २८ हजार ८ सय पटक पूर्णतयाः प्रयोगकर्ताको बडी अक्सिजन स्चाचुरेशन मापन गर्दै एसपीओटू मोनिटरिङ गर्छ। यसमा रहेको कन्टिन्यूओस् एसपीओटू मोनिटर र प्रोफेशनल स्लिप मोनिटर मार्फत प्रयोगकर्तालाई स्वस्थ स्लिप ह्याबिट्सको विकास गर्न सहयोग मिल्छ।

ओपो ब्याण्डमा हर्ट रेट मोनिटरको पनि ब्यवस्था गरिएको छ। यसमा रहेको अप्टिकल हर्ट रेट सेन्सरले २४सै घण्टा प्रयोगकर्ताको हर्टरेट मोनिटर गर्छ। धड्कन बढी हुँदा अनियमितताको जानकारी प्रयोगकर्तालाई दिन स्मार्ट ब्याण्ड स्वचालितरुपमा भाइब्रेट हुन्छ। ब्यायामका दौरानओपो ब्याण्डले धड्कन मापन गर्नेहुँदा प्रयोगकर्ताले अत्यधिक ट्रेनिङ गर्नुबाट जोग्गिदै आफूले गर्नुपर्ने मेहनतका बारेमा बुझ्दै सहजै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन्।

सक्रिय जीवनकालागि१२ वर्कआउट मोड

निन्द्रा सम्बन्धित स्वास्थ्य समस्याका साथै यूवाहरु ब्यायामका बारेमा पनि उत्तिकै चिन्तित हुने गर्छन्। यसको समाधान उपलब्ध गराउन ओपो ब्याण्डमा रनिङ, वाकिङ, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, क्रिकेट, योगालगायत यूवावर्ग माझ लोकप्रिय खेल सम्बन्धित १२ वर्कआउट मोड सम्मिलित गरिएको छ। ओपो ब्याण्डले प्रयोगकर्ताका एक्सरसाइजिङ डाटा रेकर्ड गर्ने हुँदा प्रयोगकर्ताले हेट्याप हेल्थएपमार्फत आफ्नो प्रगती नियाल्दै सक्रिय जीवनका लागि थप प्रेरित हुने अवसर पाउँछन्।

हरेक पहिरणमा सुहाउँदो डिजाइन

आफ्ना ब्यक्तिगत पृथक स्टाइल प्रदर्शित गर्ने यूवा पुस्ताको चाहनाअनुसार ओपो ब्याण्डमा कम्पनीले वाट्च फेस र स्ट्र्यापमा बृहत्त छनोटको अवसर प्रदान गरेको छ।

ओपो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दूई स्टाइलमा उपलब्ध गरिएको छ। त्यसैगरी, वाट्च फेसको कुरा गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहनाअनुसार छनोट गर्न सकुन् भन्ने सोचका साथओपो ब्याण्डले ४० भिन्न डिजाइन उपलब्ध गराउँछ।

दिर्घकालीन सुविधा

ओपो ब्याण्डले स्मार्टफोनको विस्तारित अंगका रुपमा समेत कामगर्ने क्षमता राख्छ। प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशन प्राप्त गर्ने, म्यूजिकप्लेब्याक नियन्त्रण तथा आफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन्।

ब्याट्रीको कुरा गर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोशेसरको प्रयोग गरिएको छ। १००एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्णरुपमाचार्ज हुन्छ।

आकर्षक डिजाइन र उच्चकोटीको फिटनेश क्षमता सहितको यो ब्याण्डको नेपालीबजारमामूल्य रु. ५ हजार ५ सय ९९ निर्धारण गरिएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  २ : ३४ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट