भोलि पत्रकार महासंघको चुनाव, आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह « Khabarhub

भोलि पत्रकार महासंघको चुनाव, आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघको बुधबार हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघले आह्वान गरेको छ ।

गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश र केन्द्रको निर्वाचनमा होमिएको भन्दै ती सङ्गठनले गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउने गुरुत्तर दायित्व सबैको काँधमा रहेको जनाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको रक्षाका लागि सङ्गठित हुनुपर्नेमा जोड दिइएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जीएम छन् ।

सो गठबन्धनका तर्फबाट विपुल पोखरेल, प्रेस चौतारी नेपाललगायतको गठबन्धनबाट निर्मला शर्मा र पत्रकार गजेन्द्र बुढाथोकीले आ–आफ्नो समूहसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

महासंघको केन्द्र, प्रदेश र शाखाको निर्वाचन भोलि बुधबार हुँदैछ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : ४७ बजे

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय ३३ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध