सेनालाई आवश्यक सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

सेनालाई आवश्यक सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्रीको निर्देशन


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन गरेर आत्मनिर्भर हुन निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा रक्षा मन्त्रालयबाट सञ्चालित विकास तथा आयोजनाको दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को सङ्क्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढी र किल्लाहरूको संरक्षणमा सेनाले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले नेपाली सेनालाई सैनिक कल्याणकारी कोषको थप उपयोग गर्न निर्देशन दिए । प्रधानमन्त्री ओली हाल मुलुकमा आगलागी नियन्त्रणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र विश्वभर शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरी मुलुकको प्रतिष्ठा र छवि उँचो बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकका लागि अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न राष्ट्रिय सेवा दललाई सुदृढीकरण गर्न, बङ्करदेखि व्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले दोस्रो चौमासिकमा सेनाबाट सञ्चालित अधिकांश कार्यक्रमको भौतिक प्रगति उत्साहजनक रहेको बताए । मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले मन्त्रालय राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमको प्रगति सन्तोषजनक रहेको जनाए ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीका अनुसार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आपसी समन्वयमा जोड दिए । मन्त्रालयको चालू आर्थिक वर्षमा भौतिकतर्फ ६४ दशमलव ८९ र पूँजीगततर्फ ३९ दशमलव ४ देखिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ९ : ०५ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति