कोरोना भाइरसको संक्रमण बढेपछि ५६ जिल्लामा निषेधाज्ञा (सूचीसहित) « Khabarhub

कोरोना भाइरसको संक्रमण बढेपछि ५६ जिल्लामा निषेधाज्ञा (सूचीसहित)


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढेपछि ५६ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब २१ जिल्ला मात्र खुला छन् ।

बुधबार साँझसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।  पछिल्लो तथ्यांकमा दोलखामा जिल्लाभर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको मन्त्रलायले जनाएको छ ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

कहाँ कहाँ छ निषेधाज्ञा हेर्नुहोस् सूची

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ७ : १५ बजे

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका