प्रदेश १, वाग्मती र गण्डकीमा वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

प्रदेश १, वाग्मती र गण्डकीमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा वर्षा भएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा  गण्डकी प्रदेश, प्रदेश नं १ का केही स्थानहरुमा साथै वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको उल्लेख छ ।

आज दिउँसो गण्डकी र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी र प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २३ गते (बिहीबार)

दिउँसो:  देशका पहाडी भू-भागकाधेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २४ गते (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २५ गते (शनिबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशका प्रदेश नं १ का केही तथा बाँकी पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ७ : ३० बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका