कतारमा सरकारले तोकेको पारिश्रमिक नपाएपछि श्रमिक आन्दोलित « Khabarhub

कतारमा सरकारले तोकेको पारिश्रमिक नपाएपछि श्रमिक आन्दोलित


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् ।

कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस कम्पनीमा कार्यरत कामदारहरु सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित भएका हुन् ।

कम्पनीको सानैया लगायत विभिन्न स्थानहरुमा रहेको क्याम्पमा बुधबार बिहान पारिश्रमिक दिएको थियो । सरकारले भने अनुसारको पारिश्रमिक नपाएपछि उनीहरुले कम्पनीविरुद्ध नारावाजी गर्नुका साथै कामकाज ठप्प पारेका हुन् ।

नारावाजी तथा आन्दोलनमा सहभागी सेक्यूरिटी गार्डहरुले उक्त कम्पनीले पटक-पटक श्रमिकको श्रम शोषण गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

यस पटक सरकारले तोके अनुसारको पारिश्रमिक नदिए काममा नजाने उनीहरुले बताएका छन् । आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, युगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी छन् ।

कतारले मार्च महिनादेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने नयाँ कानुनमा व्यवस्था छ । यो नयाँ पारिश्रमिक मार्चदेखि नै लागू हुने बताइएको भएपनि अहिलेसम्म धेरै कम्पनीहरुले लागू नगरेका उनीहरुले बताएका छन् ।

केही दिन अघि मात्र युरोपियन सेक्युरिटी कम्पनीमा पनि तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै त्यहाँका कामदारले हड्ताल गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ४० बजे

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर