स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा « Khabarhub

स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

बैठकमा समसामियक विषयमा छलफल भएको तथा बैठक लगत्तै प्रधानमन्त्री शीतल निवास गएको पार्टी प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज आकस्मिक रुपमा बोलाइएको स्थायी कमिटी बैठकम पार्टीका तर्फबाट उठाइने उम्मेदवारलाई जिताउन विभिन्न तहमा छलफल गर्ने निर्णय भएको जानकारी दिँदै नेता ज्ञवालीले अर्को बैठकले उम्मेदवार टुंगो लगाउने बताए।

यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा रामबहादुर थापा बादल नै पार्टीको आधिकारिक उम्मेदवार हुने बताएका थिए।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा पनि छलफल भएको ज्ञवालीले बताए।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १२ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु