जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सम्पुर्ण सेवा बन्द « Khabarhub

जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सम्पुर्ण सेवा बन्द


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् ।

नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागि बन्द गरिएपछि जिल्ला अस्पतालले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेको छ ।

डिसीसिएमसीका सदस्यसचिवसमेत रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । एक हप्तासम्म अस्पतालमा आकस्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख सिंहले बताए । आकास्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवा दैनिक चौबीस घण्टा सञ्चालित हुने भएका छन् ।

यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा ड्युटीमा खटाइएको छ । अस्पताल खुला राख्दा मानिसको चहलपहल बढी हुने देखिएपछि अस्पतालले अन्य सेवा बन्द गरिएको जनाइएको छ । सेवा बन्द गरिएपछि कोरोना त्रासको कारण बिरामीको न्यून सङ्ख्यामा उपस्थिति रहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए ।

स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको भए पनि बिरामीले सवारी साधन प्रयोग गरेर अस्पतालसम्म आउन सक्ने जनाएको छ । यस्तै स्वास्थ्य सेवा कार्यालयले पाँचवटा सघन उपचारकक्ष श्यया तयारी अवस्थामा रहेको र सबैको साथ सहयोग पाएको खण्डमा १५ वटासम्म बनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

जिल्ला अस्पतालमा तीनवटा अक्सिजन प्लान्ट भए पनि दुईवटाले मात्रै काम गरिरहेको र एउटा मर्मत गरेर अतिआवश्यक कामका लागि प्रयोगमा ल्याइने भएको प्रमुख सिंहले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १२ : ५९ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान