बिरामी निको भएर घर फर्कन थाले « Khabarhub

बिरामी निको भएर घर फर्कन थाले


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङका चार पालिकाको सहयोगमा लमहीमा कोभिड सङ्क्रमण व्यवस्थापनका लागि उपचार केन्द्र सञ्चालन भएपछि देउखुरी क्षेत्रका बिरामीलाई सहज भएको छ । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ श्ययाको एचडीयू अस्पताल सञ्चालनमा आएको छ ।

लमही नगरपालिका तथा गढवा, राप्ती र राजपुर गाउँपालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको छ । सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालका प्रमुख डा पुष्प भुसालले जानकारी दिए । “कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ”, डा भुसालले भने, “अक्सिजनसहितको अस्पताल तयार भएको हो ।”

लमही–४ अर्नहवा निवासी ४५ एक वर्षीय पुरुषलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । होमआइशोलेशनमा बस्दा श्वासप्रश्वास पक्रियामा समस्या भयो ।

अक्सिजन दिएर बिरामी भर्ना गर्नुपर्ने भयो । उनलाई लमहीस्थित एचडीयू कोभिड अस्पतालमा भर्ना गरियो । निमोनियाका कारण छातीमा सङ्क्रमण भएको पत्ता लागेपछि दुई दिन कोभिड अस्पतालमा औषधि चढाएर अक्सिजन दिइयो । जसले गर्दा शरीरमा अक्सिजनको मात्रा पूरा भयो । छातीमा देखिएको सङ्क्रमण पनि कम हुँदै गएपछि डिस्चार्ज गरेर घर पठाइएको कोभिड अस्पतालका प्रमुख डा भुसालले जानकारी दिए ।

“समयमा अक्सिजन र औषधि पाउने हो भने छातीमा हुने थप सङ्क्रमण रोक्न सकिन्छ”, उनले भने, “यहाँ भर्ना भएको दुई दिनमा सञ्चो भएर डिस्चार्ज गर्ने अवस्थामा हामी पुग्यौँ ।” कोभिड उपचारका लागि अस्पताल स्थापना भएपछि बिरामीको उपचार सम्भव भएको उनले बताए ।

पहिलो चरणमा १२ श्यया तयारी अवस्थामा छन् । अन्य १३ थपेर २५ श्यया पुर्‍याइने छ । श्यया कुरेर बस्दा सङ्क्रमितको ज्यान जोखिममा थियो । देउखुरी क्षेत्रका मानिस बिरामी भएपछि घोराही पुग्नुपथ्र्यो । नेपालगञ्ज, बुटवल नै जानुपर्ने बाध्यता थियो । होम आइशोलेशनमा बस्न नसक्ने र अक्सिजन दिएर उपचार गर्नुपर्ने सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार थालिएको र अहिले सो अस्पतालमा १० बिरामीले उपचार गराइरहेका छन् ।

निको भएर घर जाने क्रम शुरु भएको लमहीका नगरप्रमुख कुलबहादुर केसीले बताए ।

अक्सिजन दिनुपर्ने सङ्क्रमित भर्ना

लमहीमा कोरोना अस्पतालको सेवा शुरु भएपछि अक्सिजन दिएर उपचार गर्नुपर्ने बिरामी भर्ना गर्ने गरिएको छ । लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा एचडीयू अस्पताल स्थापना गरिएको हो । जटिल प्रकारका सङ्क्रमितलाई यहाँ भर्ना गर्ने गरिएको छ ।

पहिलो चरणमा १२ श्ययाबाट उपचार थालिएको छ । बाँकी अन्य शय्या थपिँदैछ । कोरोना अस्पतालमा श्यया नहुँदा सङ्क्रमितको उपचार प्रभावित भएको थियो ।

आइशोलेशन तयार

कोरोना सङ्क्रमित भएको तर, होमआइसोलेशन बस्न नसक्नेका लागि छुट्टै आइशोलेशन तयार पारिएको छ । देउखुरी बहुमुखी क्याम्पसको भवनलाई आइसोलेशनका रूपमा प्रयोगमा ल्याइएको लमहीका नगरप्रमुख केसीले बताए ।

“एउटा कोठा भाडामा लिएर बस्नुभएका, घर परिवारमा अन्य दीर्घरोगी भएकाको हकमा, गरिब विपन्न परिवारका व्यक्तिलाई होमआइशोलेशनमा बस्न असजिलो भएको खण्डमा हामीले उहाँहरुको सुविधाका लागि आइशोलेशन सञ्चालमा ल्याएका हौँ”, केसीले भने, “हामी सबै तयारीका साथ महामारीविरुद्धमा डटेर लागेका छौँ ।” रासस

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १ : ४६ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक