कैदीबन्दीसँग भेट्न रोक | Khabarhub Khabarhub

कैदीबन्दीसँग भेट्न रोक


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।

कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघाटमा रोक लगाइएको कारारगार प्रमुख बबिता महतोले जानकारी दिइन् ।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र ल्याउन रोक लगाइएको कारागार प्रमुम महतोले बताइन । बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएको बाहेक अन्य कैदीबन्दी नपठाउन आग्रह गरिएको प्रमुख महतोको भनाइ छ । जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षणपछि मात्र राख्ने र हरेक नयाँ कैदी बन्दीलाई १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ ।

अघिल्लो कोरोना कालमा सावधानी नअपनाउँदा कारागारका अधिकांश कैदीबन्दीमा सङ्क्रमण फैलिएको थियो । कुल १५ महिला र १३५ पुरुष कैदीबन्दी राख्ने क्षमताको सिरहा कारागारमा हाल २३ महिला सहित ५५५ पुरुष र आश्रित तीन बालबालिका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : ५४ बजे

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

इस्लामबाद– पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल

अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले अब सरकारले भारत र चीनकाे

विभिन्न स्थानमा तीन जना मृत फेला

काठमाडौं– विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन्

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको