नवलपुरमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

नवलपुरमा थप दुई संक्रमितको मृत्यु


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुरमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।

होम आइसोलेशनमा रहेका एक जना र अस्पतालमा उपचार गराइरहेका दुई पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाईँले बताए ।

कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहँदै आएका कावासोती नगरपालिका ८ का ६३ वर्षीय पुरुषको आफ्नै निवासमा मृत्यु भएको हो ।

यस्तै, गैंडाकोट नगरपालिका २ का ७३वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको छ । योसहित नवलपरासीपूर्वमा कोरोनाको दोस्रो लहरपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

पछिल्लो पटकको संक्रमणबाट अहिलेसम्म जिल्लामा ५ सय ६० जना संक्रमित भएका छन् । संक्रमितमध्ये मध्यबिन्दु जिल्ला अस्पतालमा १८ जना, मध्यबिन्दु नगरपालिकाको चोरमारा हेल्थपोष्टमा २ जना र विनयी त्रिवेणीको दुम्किबास हेल्थपोष्टमा १ जना छ । अन्य सबै संक्रमित होम आइसोलेशनमा नै रहेको स्वास्थ्य प्रमुख चापागाईँले बताए ।

मध्यबिन्दु जिल्ला अस्पतालमा हिजो स्वाव संकलन गरिएका मध्ये आज विहान आएको रिपोर्टमा ४१ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ३ : १७ बजे

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको

तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं –  मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको