डब्लूएचओले भन्यो : कोरोनाविरुद्धको चिनियाँ खोप सिनोफार्म विश्वासयोग्य छैन « Khabarhub

डब्लूएचओले भन्यो : कोरोनाविरुद्धको चिनियाँ खोप सिनोफार्म विश्वासयोग्य छैन


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप विश्वासयोग्य नभएको टिप्पणी गरेको छ ।

चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययनपछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको संकेत गरेका हुन् ।

डब्लूएचओका विज्ञहरुले खोपको प्रभावकारिता अध्ययनपछि तयार गरेको प्रतिवेदनका अनुसार खोपले केही हदसम्म कोरोनाविरुद्ध लड्नसक्ने भए पनि यसले गम्भीर साइड इफेक्टहरु पार्नसक्नेतर्फ संकेत गरिएको पाइएको छ ।

डब्लूएचओका प्रवक्ताले सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् । बेइजिंगस्थित सिनोर्फामले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रिया दिने जनाएको छ ।

सिनोफार्म खोपकाको प्रभावकारिता मूल्यांकन डब्लूएचओको विज्ञहरुको रणनीतिक सल्लाहकार समूहले गरेको हो । यसका लागि सिनोफार्मले उपलब्ध गराएको परीक्षण नतिजाहरु, ४५ राष्ट्रहरुले आपतकालिन प्रयोगको अनुमति दिँदा गरेका अध्ययन प्रतिवेदनहरु र मानिसहरुको यसले पारेको प्रभावका विषयमा अध्ययन गरिएको छ ।

हालसम्म ६५ मिलियन सिनोफार्म खोप लगाइसकिएको पाइएको छ । कोरोनाविरुद्धको यो खोप लगाइसकेपछि केहीको मृत्यु भएको र केहीलाई पुनः कोरोना देखिएपछि विश्वमा चिनियाँ खोपमाथि प्रश्न उठेको थियो ।

कोरोनाविरुद्धको चिनियाँ खोप सिनाफार्म लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई नै कोरोना भएपछि यो विश्व बहसको विषय बनेको हो । तर, चीनले भने यस खोपमा कुनै साइड इफेक्टहरु नभएको र मृत्यु हुनुको कारण खोप नै भएको भन्ने यकिन भइ नसकेको जानकारी गराएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : १७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको