अर्थ समाचार : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन, ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने र कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो « Khabarhub

अर्थ समाचार : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन, ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने र कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा करिब तीन खर्ब ९० अर्बसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, जलवायु परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसमी तथा जलवायुजन्य विपद्का घटना वृद्धि भई त्यसको ठूलो प्रभाव ऊर्जा र जलस्रोत क्षेत्रमा परेको छ ।

जलवायुजन्य विपद्बाट ऊर्जा क्षेत्रमा ठूलो असर परेको जनाउँदै मन्त्रालयले त्यसप्रति चिन्तासमेत व्यक्त गरेको छ ।

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र विश्वव्यापी ऋणपत्रको प्रतिफलमा आएको उछालका कारण विदेशी लगानीकर्ताहरूले भारतीय वित्तीय बजारबाट पुनः पुँजी झिक्न थालेका छन् ।

ऊर्जा मूल्य वृद्धिले महँगी बढाउने र भारतीय मुद्रा रुपैयाँलाई कमजोर बनाउने जोखिम बढेपछि वैदेशिक लगानीकर्ताहरूले सेयर तथा ऋणपत्र बिक्री बढाएका हुन्। यसले भारतीय बजारमा हालै देखिन थालेको वैदेशिक मागको सुधारलाई पुनः सुस्त बनाएको छ ।

यही सेप्टेम्बर महिनामा मात्रै विदेशी कोषहरूले भारतीय सेयर बजारबाट २.१ अर्ब अमेरिकी डलर बराबरको पुँजी फिर्ता लगेका छन् । यसअघि लगातार दुई महिनासम्म विदेशी लगानीकर्ताहरू खुद क्रेताका रूपमा रहेका थिए । यसैगरी, सरकारी ऋणपत्रबाट पनि विदेशी पुँजी बाहिरिने क्रम तीव्र बनेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ०० बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला