एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला « Khabarhub

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् ।

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत हुन् ।

निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेशसभा सचिवालयलाई आज दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो । निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ ।

एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेशसभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ ।

पाण्डेअघि हालका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : ३५ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि