आज शेयर बजार १२.४७ अंकले घट्यो « Khabarhub

आज शेयर बजार १२.४७ अंकले घट्यो


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयरबजार आज ओरालो लागेको छ। बजार परिसूचक नेप्से १२.४७ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७७ अंकले ओरालो लागेको हो।

साताको अन्तिम कारोबार दिन २ सय १६ कम्पनी सामेल कारोबारमा आज १ करोड ५९ लाख कित्ता शेयर बिक्री भएका छन्। दिनभरिमा ८० हजार १ सय ४१ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

आज वाणिज्य बैंक, फाइनान्स र लगानी समूहको सूचक मात्रै हरियो देखिएका छन्। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक ४६ करोडको कारोबार भएको छ।

त्यस्तै एनसीसी बैंकको ४२ करोडको, लक्ष्मी बैंक लिमिटेडको २६, अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १५÷१५ करोडको कारोबार भएको छ।

आज आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ भने विशालबजारसहित तीनवटा कम्पनीका लगानीकर्ताले सोही हाराहारीमा गुमाएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : ५० बजे

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका