कोरोना संक्रमितको संख्या बढ्दो, ३७ जिल्ला ‘रेड जोन’मा | Khabarhub Khabarhub

कोरोना संक्रमितको संख्या बढ्दो, ३७ जिल्ला ‘रेड जोन’मा


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका ३७ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।

त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङमा मा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी  गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व)मा, लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।

सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी र डोटीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : १५ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु