कोरोना रोकथामका लागि प्रदेश सरकारबाट चार करोड निकासा « Khabarhub

कोरोना रोकथामका लागि प्रदेश सरकारबाट चार करोड निकासा


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि रु तीन करोड ८५ लाख निकासा गरेको छ ।

मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि रु ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि रु २५ लाख, जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पतालका लागि रु २० –२० लाख, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी रु एक करोड ५० लाख, जिल्ला प्रशासन कार्यालय झापाका लागि रु।२० लाख, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि रु १५ लाख, इलामका लागि रु १५ लाख, मोरङका लागि २० लाख, ओखलढुङ्गाका लागि रु १५ लाख एवं भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङका लागि रु ५० लाख विनियोजन भई आजै निकासा गरेको छ ।

निषेधाज्ञा जेठ १ गते सम्म थप

यसैबीच मोरङ जिल्लामा निषेधाज्ञा आगामी जेठ १ गतेसम्मका लागि थपिएको छ । पहिलो चरणमा यही वैशाख १८ गते राति १२ बजेदेखि सात दिनका लागि विराटनगरपालिकालगायत क्षेत्रमा निशेधाज्ञा जारी गरिएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधज्ञा लागु गरिए पनि नागरिकलाई खाद्य सामग्री उपलब्ध गराउन बिहान ६ देखि १० बजेसम्म सामाजिक दूरी र स्वास्थ्य आचारसंहिता पालना गराउँदै उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ४५ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष