नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालन हुने « Khabarhub

नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालन हुने


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ ।

यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर निर्देशक डा. प्रदीप के. सी. सँग कुरा गरेका हुन् ।

‘आइसोलेसनमा भएका बिरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका अक्सिजन थेरापी मात्र गरे पुग्ने बिरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाऔँ । यसबाट अस्पतालको चाप घटाउन सकिन्छ’ मेयर शाक्यले भने ।

भेटका क्रममा अस्पतालका निर्देशक डा. के. सी. ले, एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नुपर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताए ।

अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवातमा हामी ५० वेडबाट सेवा थाल्न सक्छौँ । आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिन्छ ।

अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्नेछन्।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।