रेम्डिसिभिर कालोबजारी गरेको अभियोगमा मिया पक्राउ (भिडियोसहित) | Khabarhub Khabarhub

रेम्डिसिभिर कालोबजारी गरेको अभियोगमा मिया पक्राउ (भिडियोसहित)


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाडौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई आज प्रहरीले पक्राउ गरेको छ ।

कोभिड–१९ बाट सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

करीब रु ३० हजार पर्ने छ थान रेम्डिसिभिर रु एक लाख २० हजारमा किनबेच गर्न लागेका अवस्थामा उनलाई काठमाडौँको वसुन्धराबाट पक्राउ गरिएको जनाइएको छ ।

मियाले काठमाडौँ महाराजगञ्जस्थित नीलकण्ठ लम्सालका नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डिसिभिर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले प्रहरीले उक्त फर्मा बन्द गरी फरार ढकालको खोजी गरिएको रहेको महाशाखाले जनाएको छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ५० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष