राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध छु, अन्यथा भ्रम नपरोस् : उपप्रधानमन्त्री महतो | Khabarhub Khabarhub

राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध छु, अन्यथा भ्रम नपरोस् : उपप्रधानमन्त्री महतो


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको प्रष्ट्याएका छन् ।

महतोले आफ्नो भनाइ बंग्याएर गलत अर्थ लगाइएको गुनासो समेत गरेका छन् । मन्त्री भएपछि कार्यभार समाल्ने क्रममा र शनिबार पनि एक कार्यक्रममा महतोले आफू बहुल राष्ट्रिय राज्यको अभियानमा रहेको बताएका थिए ।

महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’

महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेको नेपाल-खनाल समूहले उनको भनाइबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेको थियो भने उसको विद्यार्थी संगठनले महतोको पुत्ला दहन गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ७ : १० बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।