राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध छु, अन्यथा भ्रम नपरोस् : उपप्रधानमन्त्री महतो « Khabarhub

राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध छु, अन्यथा भ्रम नपरोस् : उपप्रधानमन्त्री महतो


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको प्रष्ट्याएका छन् ।

महतोले आफ्नो भनाइ बंग्याएर गलत अर्थ लगाइएको गुनासो समेत गरेका छन् । मन्त्री भएपछि कार्यभार समाल्ने क्रममा र शनिबार पनि एक कार्यक्रममा महतोले आफू बहुल राष्ट्रिय राज्यको अभियानमा रहेको बताएका थिए ।

महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’

महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेको नेपाल-खनाल समूहले उनको भनाइबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेको थियो भने उसको विद्यार्थी संगठनले महतोको पुत्ला दहन गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ७ : १० बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ