महतोको समर्थन नपाएर सत्तामा जान नपाएकाको वक्तव्यवाजी हेर्न लायक : थापा « Khabarhub

महतोको समर्थन नपाएर सत्तामा जान नपाएकाको वक्तव्यवाजी हेर्न लायक : थापा


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजेन्द्र महतोको समर्थन नहुँदा सत्तामा जना नपाएकाहरूको वक्तव्यवाजी हेर्न लायक भएको टिप्पणी गरेका छन् ।

आइतवार बिहान ट्वीट गर्दै थापाले प्रायः गठबन्धान सरकारका मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेको तर महतोले त्यसलाई दुई दिनमै सच्याएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘​प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका पाइन्छन् । उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने, तर दुई दिनमै गल्ती सच्याए । महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक छ ! ‘

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री महतोले कार्यभार समाल्ने क्रममा र शनिबार पनि एक कार्यक्रममा आफू बहुल राष्ट्रिय राज्यको अभियानमा रहेको बताएका थिए । तर त्यसको चौतर्फी आलोचना भएपछि उनले शनिबार राति नै विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको प्रष्ट्याएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : २५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६