२१ दिनभित्र म्याद तामेल नभए ४९ जनाको  जग्गा सरकारी नाममा (सूचनासहित) | Khabarhub Khabarhub

 २१ दिनभित्र म्याद तामेल नभए ४९ जनाको  जग्गा सरकारी नाममा (सूचनासहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बहुचर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुँने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको सूचना प्रकाशित गरेको छ ।

४९ जनाको घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालय गोरखापत्रमा सूचना जारी गरेको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ ।  अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने जनाइएको छ ।

विवादित जग्गामध्ये सबैभन्दा धेरै शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा हुनुपर्ने कार्यालयको दाबी छ ।

हेर्नुहोस् गोरखापत्रमा जारी सूचना

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ५१ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही