२१ दिनभित्र म्याद तामेल नभए ४९ जनाको  जग्गा सरकारी नाममा (सूचनासहित) « Khabarhub

 २१ दिनभित्र म्याद तामेल नभए ४९ जनाको  जग्गा सरकारी नाममा (सूचनासहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बहुचर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुँने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको सूचना प्रकाशित गरेको छ ।

४९ जनाको घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालय गोरखापत्रमा सूचना जारी गरेको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ ।  अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने जनाइएको छ ।

विवादित जग्गामध्ये सबैभन्दा धेरै शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा हुनुपर्ने कार्यालयको दाबी छ ।

हेर्नुहोस् गोरखापत्रमा जारी सूचना

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ५१ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६