होटलमा राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, संलग्न तीन युवक पक्राऊ | Khabarhub Khabarhub

होटलमा राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, संलग्न तीन युवक पक्राऊ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।

सामाजिक सञ्जालमा भिडियो फेला परेपछि सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई पक्राउ गरिएो प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए।

उनीहरुले युवतीलाई मदिरा सेवन गराइ दुर्व्यवहार गरेका थिए । सार्वजनिक भिडियोमा राउटे युवतीले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छन्। ती युवाहरूले भने जबर्जस्ती भिडियोमा बोल्न लगाएका छन्।

पक्राउ परेका उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन्।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ४१ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।