होटलमा राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, संलग्न तीन युवक पक्राऊ « Khabarhub

होटलमा राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, संलग्न तीन युवक पक्राऊ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।

सामाजिक सञ्जालमा भिडियो फेला परेपछि सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई पक्राउ गरिएो प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए।

उनीहरुले युवतीलाई मदिरा सेवन गराइ दुर्व्यवहार गरेका थिए । सार्वजनिक भिडियोमा राउटे युवतीले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छन्। ती युवाहरूले भने जबर्जस्ती भिडियोमा बोल्न लगाएका छन्।

पक्राउ परेका उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन्।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ४१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्