बाँकेमा उपचाररत चार संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा उपचाररत चार संक्रमितको मृत्यु


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गएराति थप चार बिरामीको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ११ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५