बाँकेमा उपचाररत चार संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा उपचाररत चार संक्रमितको मृत्यु


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गएराति थप चार बिरामीको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ११ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना