आर्थिक अपचलनको आरोपमा सोह्रखुटे वृत्तका डीएसपी खड्का कारवाहीमा « Khabarhub

आर्थिक अपचलनको आरोपमा सोह्रखुटे वृत्तका डीएसपी खड्का कारवाहीमा


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक अपचलनको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नसियतसहित कारवाही गरेको छ ।

डीएसपी खड्काविरुद्ध कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने गरेको जस्ता आरोप लागेका छन् ।

उनीमाथि आएका गुनासाको अनुसन्धान गर्दा खड्का दोषी पाइएकाले उनलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पालले बताए ।

एआईजी पालले भने, ‘उसका बारेमा धेरै गुनासो आएपछि हामीले गुनासोलाई भेरिफाई गरेको हो, त्यसो गर्दैजाँदा उनी दोषी देखिएका हुन् । उनी दोषी देखिएपछि रेकर्डमा जनिनेगरी नैसियत दिइएको छ ।’

प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति नै बनाएर डीएसपी खड्कामाथि अनुसन्धान थालेको थियो ।

मातहतका प्रहरी परिचालन र कार्यशैली चित्तबुझ्दो नदेखिएपछि डीएसपी खड्कालाई कारवाही गरिएको एआईजी पालले बताए । अधिकृत तहमा नैसिहयत भनेको ठूलो कारबाही हो।

विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत खड्का कारवाहीमा परेपछि उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको छ । उनको स्थानमा भने अहिलेसम्म कसैलाई पठाइएको छैन।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ११ : ४५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६