आर्थिक अपचलनको आरोपमा सोह्रखुटे वृत्तका डीएसपी खड्का कारवाहीमा | Khabarhub Khabarhub

आर्थिक अपचलनको आरोपमा सोह्रखुटे वृत्तका डीएसपी खड्का कारवाहीमा


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक अपचलनको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नसियतसहित कारवाही गरेको छ ।

डीएसपी खड्काविरुद्ध कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने गरेको जस्ता आरोप लागेका छन् ।

उनीमाथि आएका गुनासाको अनुसन्धान गर्दा खड्का दोषी पाइएकाले उनलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पालले बताए ।

एआईजी पालले भने, ‘उसका बारेमा धेरै गुनासो आएपछि हामीले गुनासोलाई भेरिफाई गरेको हो, त्यसो गर्दैजाँदा उनी दोषी देखिएका हुन् । उनी दोषी देखिएपछि रेकर्डमा जनिनेगरी नैसियत दिइएको छ ।’

प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति नै बनाएर डीएसपी खड्कामाथि अनुसन्धान थालेको थियो ।

मातहतका प्रहरी परिचालन र कार्यशैली चित्तबुझ्दो नदेखिएपछि डीएसपी खड्कालाई कारवाही गरिएको एआईजी पालले बताए । अधिकृत तहमा नैसिहयत भनेको ठूलो कारबाही हो।

विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत खड्का कारवाहीमा परेपछि उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको छ । उनको स्थानमा भने अहिलेसम्म कसैलाई पठाइएको छैन।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ११ : ४५ बजे

गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु

गाजा – इरान र इजरायल युद्ध भइरहेको समयमा फेरि गाजामा

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस

कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ

सुनसरी– प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार