सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा पारिश्रमिक घट्दैन– कोष | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा पारिश्रमिक घट्दैन– कोष

सूचीकृत हुन कोषको आग्रह


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकको खाइपाई आएको पारिश्रमिक नघट्ने स्पष्ट पारेको छ ।

कोषमा आवद्ध हुँदा श्रमिकको पारिश्रमिक घट्ने भन्दै भ्रामक टिकाटिप्पणी भएको भन्दै कोषले एक विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न पनि अपिल गरेको छ ।

कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रम ऐन, २०७४ को दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले श्रमिक, कर्मचारी सेवा सुविधाको सुरक्षाको कानूनी प्रत्याभूती गरिसकेको सन्दर्भमा कोषमा आवद्ध हुँदा खाइपाइ आएको सुविधा नघट्ने स्पष्ट छ। यद्यपी स्पष्ट कानूनी व्यवस्थामार्फत श्रमिकले पाइरहेको सुविधा घटाउन नपाउने प्रत्याभूति हुँदाहुर्दै पनि भ्रमपूर्ण सूचना संप्रेक्षण नगराउन अनुरोध गर्दछौं ।’

त्यस्तै सामाजिक सुरक्षा योजना निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकका लागि अनिवार्य भएको हुँदा यथाशीघ्र सूचीकृत हुन पनि कोषले आग्रह गरेको छ। सूचीकृत नहुने रोजगारदातालाई पनि ऐन लाग्ने कोषले जनाएको छ।

कोषले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १२ : ५५ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही