इमेल गरेर पठाए एमाले नेता शाहले स्पष्टीकरणको जवाफ « Khabarhub

इमेल गरेर पठाए एमाले नेता शाहले स्पष्टीकरणको जवाफ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज इमेलमार्फत दिएका हुन् ।

सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए ।

अध्यक्ष ओलीले शाहलाई पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधनी गर्दै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोपका साथ स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : ०७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा