अग्नि खरेलको प्रश्न : इजलासमा बस्न तयार छौँ भनेका न्यायाधीश नपर्नुको कारण के ? | Khabarhub Khabarhub

अग्नि खरेलको प्रश्न : इजलासमा बस्न तयार छौँ भनेका न्यायाधीश नपर्नुको कारण के ?


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता अग्नि खरेलले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि नैतिक प्रश्न उठाएका छन् ।

महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि संवैधानिक इजलासमा सरकार पक्षको वकिलका रूपमा उभिएका खरेलले यसअघिको इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउनु गलत थियो भन्दै अब इजलासमा बस्न तयार छौँ भनेका न्यायाधीश नपर्नुको कारण माग गरे ।

‘उहाँहरुले अस्ति गरेको कुरा न्यायिक रूपमा के हो ? कागज हो कि आदेश हो ? हरिकृष्ण श्रीमानले इजलासमा बस्दिनँ भनेर आदेश गर्दा चाहिँ मान्ने तर तेजबहादुर केसी र बमकुमारले इजलासमा बस्नु नपर्ने कारण छैन भनेर गरेको आदेश किन कार्यान्वयन नहुने ? प्रधानन्यायाधीशलाई यसमा कहाँनेर समस्या भयो ?’ खरेलले प्रश्न थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : २५ बजे

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७