राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आदिवासी जनजाति महासंघको माग | Khabarhub Khabarhub

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आदिवासी जनजाति महासंघको माग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्न नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै महासंघले होटल सञ्चालक र दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको हो ।

‘राउटे समुदायका दुई युवतीहरुमाथि भएको यौन दुर्व्यवहार सम्बन्धमा नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य भएको र यौन हिंसा चरम मानव अपराध भएको महासंघले उल्लेख गरेको छ ।

मञ्जुरी विना तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुर्व्यवहार गर्ने जस्ता कार्यहरु घृणित मानवता विरोधी र अक्षम्य कार्य भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : २० बजे

रणवीर कपुरविरुद्ध एफआईआर दर्ता गर्न सिफारिस

काठमाडौं– बलिउड अभिनेता रणवीर कपुरविरुद्ध कडा कारबाही गर्न राष्ट्रिय मानवअधिकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

ललितपुर– ललितपुर महानगरपालिका-१२ प्रयागपोखरी बस्ने केदार बहादुर श्रेष्ठको भान्सा कोठामा मंगलबार दिउँसो

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

बाँके– खजुरा गाउँपालिका-२ ए गाउँस्थित सडकमा भे.२ त १४०० नम्बरको ट्याक्टरले भे.१३

देश बनाउने कर्मठ युवाहरू जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, यातायात अनिश्चितकाललाई बन्द

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको